२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

अ+ अ-

भोजपुर । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गरे। “आशा गरेर रोपिएको बाली पानी नपाएर सुक्न थालेको छ,” उनले भने “अब पनि पानी नपरे नोक्सानी हुने डर छ । हिउँदेबाली पानी अभावमा सुक्न थालेको अवस्था छ । ”

खेतीका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल बनेको छ । खोलानाला सुक्दै जानु र भूमिगत पानीको सतह घट्नुले सिँचाइ गर्न कठिनाइ भइरहेको किसान बताउँछन् । यस वर्ष समयमै पानी नपरे हिउँदे बालीको उत्पादन घट्ने किसानको भनाइ छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार खडेरीको असर जिल्लाभर देखिन थालेको छ । केन्द्रका प्राविधिकहरूले सम्भव भएसम्म वैकल्पिक सिँचाइ व्यवस्था अपनाउन र माटोमा चिस्यान जोगाउने उपाय अपनाउन किसानलाई सुझाव दिएका छन् । लामो खडेरीले हिउँदेबाली मात्र होइन, आगामी कृषिजन्य उत्पादन र किसानको जीवनस्तरमा समेत असर पार्ने चिन्ता बढ्दै गएको छ ।