२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सब-इन्जिनियर यादवको हत्या घटनाप्रति कर्मचारी युनियनको आपत्ति, दोषीलाई कारवाही गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले सर्लाहीस्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गत फागुन ३ गते साँझ यादवलाई उनकै डेरा बाहिर अज्ञात समूहको गोली प्रहारबाट उनको मृत्यु भएको थियो । उक्त घटनालाई संगठनले अमानवीय र निन्दनीय भन्दै दोषीहरूको शीघ्र पहिचान गरी पक्राउ गर्न तथा कानुन अनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

युनियनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै दिवंगत कर्मचारीलाई शहीद घोषणा गर्न र परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।

सेवा प्रवाहका क्रममा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो आक्रमणले कर्मचारीहरूमा असुरक्षा महसुस बढाएको र मनोबलमा असर परेको महासचिव जनक बहादुर रावलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

आसन्न निर्वाचनको सन्दर्भमा फिल्डमा खटिनुपर्ने कर्मचारीहरूको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

सरकारले कर्मचारीहरूको जीवन सुरक्षा र न्याय सुनिश्चित गर्न गम्भीर पहल नगरे आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत युनियनले दिएको छ।