२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सब-इन्जिनियर हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द

अ+ अ-

सर्लाही। सर्लाही जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको विरोध गर्दै सोमबार एक दिनका लागि अदालतको सम्पूर्ण सेवा स्वस्फूर्त रूपमा बन्द गर्ने निर्णय गरेका छन्।

अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार, हत्या जस्तो जघन्य घटनाप्रति आपत्ति जनाउँदै तथा दोषीमाथि कडा कारबाहीको मागसहित न्यायिक सेवा स्थगित गरिएको हो।

मलंगवा नगरपालिका–१० स्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर यादवलाई आइतबार साँझ करिब ८ बजे अज्ञात समूहले डेराबाट बाहिर बोलाई गोली प्रहार गरी हत्या गरेको थियो। उक्त घटनाप्रति अदालत कर्मचारीहरूले घोर भर्त्सना जनाएका छन्।

जिल्ला अदालतका कर्मचारीहरूले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

कर्मचारीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा कर्मचारी र कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

अदालत कर्मचारीद्वारा जारी विज्ञप्तिमा २०८२ फागुन ४ गते एक दिनका लागि सर्लाही जिल्ला अदालतबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ। सेवा स्थगनबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कर्मचारीहरूले क्षमायाचना समेत व्यक्त गरेका छन्।