२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुवाको किरिया सकेर फर्किएका सब-इन्जिनियरको मलंगवामा गोली प्रहारबाट हत्या : सुरक्षा व्यवस्थामाथि बहस

अ+ अ-

सर्लाही । पूर्वाधार विकास कार्यालय सर्लाही, मलंगवामा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको आइतबार साँझ करिब ८ बजे गोली प्रहारबाट हत्या गरिएको छ। मलंगवा नगरपालिका–१०, देवीटोलस्थित डेरामा रहेका उनलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले घरबाहिर बोलाएर देब्रे छातीमा गोली हानेका हुन्।

सिरहाको सुखीपुर नगरपालिका–६, बैशाख स्थायी घर भएका अन्दाजी ३६ वर्षीय यादव बुवाको निधनपछि किरिया सकेर आइतबार नै सर्लाही फर्किएका थिए। बुवाको मृत्युको शोकबाट उकासिन नपाउँदै मलंगवास्थित डेरामा पुगेका उनीमाथि गोली प्रहार भएको हो।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पताल प्रशासनका अनुसार गोली मुटुको नजिक लागेको थियो।

घरधनी दुर्गानन्द यादवका अनुसार, मृतक यादव विगत १० महिनादेखि आफ्नो घरको भुईंतल्ला भाडामा लिएर बस्दै आएका थिए। गत माघ १४ गते ७७ वर्षीय उनका बुवा लक्ष्मी यादवको निधन भएको थियो। किरिया सकेर आइतबार दिउँसो करिब २ बजे सर्लाही फर्किएका उनी साँझ डेरामा पुगेका थिए।

“गोली प्रहारबाट गम्भीर घाइते भई घरको मूल ढोकामा लडेको अवस्थामा उनकी श्रीमतीले देखेपछि हल्ला गर्नुभयो, त्यसपछि हामीलाई थाहा भयो,” घरधनी दुर्गानन्दले बताए। घटनास्थितिको प्रारम्भिक अवलोकन गर्दा घरबाहिर बोलाएर गोली हानेको देखिएको उनले जनाए। गोली लागेपछि यादव भाग्ने क्रममा घरको मूल ढोकामै लडेका थिए।

नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले भारतसँग खुला सिमाना जोडिएको मलंगवामा कर्मचारीमाथि गोली प्रहार गरी हत्या भएको घटनापछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको बताए।

“हत्या जस्तो घटना अत्यन्तै दु:खद र जघन्य अपराध हो,” उनले भने, “घटना हुनुमा विभिन्न कारण हुन सक्छन्, तर किन गरियो भन्ने विषय भने विशुद्ध अनुसन्धानको विषय हो।”

सर्लाही प्रहरी प्रशासनबाट अपेक्षित सहयोग स्थानीयवासीले नपाएको गुनासो गर्दै उनले घटनाको तत्काल छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। “आम जनतामा शान्ति–सुरक्षाको विश्वास कायम गर्नु अहिलेको मुख्य चुनौती हो,” उनले भने। सीमाक्षेत्रमा कडाइका साथ चेकजाँच नहुँदा आपराधिक गतिविधि बढ्दै गएको र त्यसकै परिणामस्वरूप यस्ता जघन्य अपराध हुने गरेको उनले उल्लेख गरे। सीमाक्षेत्रमा प्रभावकारी निगरानी र संयुक्त गस्ती आवश्यक रहेको उनको भनाइ छ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन चुनौती बढेको स्थानीयको भनाइ छ। मलंगवा नगरपालिका–७ का स्थानीय राम आधार रायले सुरक्षा व्यवस्था सुदृढ नबनाइए निर्वाचन प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे।

स्थानीय बासिन्दाले सीमाक्षेत्रमा प्रहरीको उपस्थिति बढाउन, सवारीसाधन तथा आवतजावतमा कडाइ गर्न र शंकास्पद गतिविधिमा तत्काल निगरानी गर्न सर्लाही प्रशासनसँग माग गरेका छन्।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार घटनाको अनुसन्धान भइरहेको छ र संलग्न व्यक्तिहरूको खोजीकार्य तीव्र बनाइएको छ। “हालसम्म अभियुक्त पक्राउ परेका छैनन्, तर पहिचान गरी नियन्त्रणमा लिने रणनीतिका साथ हामी अघि बढेका छौँ,” उनले बताए। प्रादेशिक अस्पताल मलंगवामा सोमबार शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने तयारी गरिएको छ।

इन्जिनियर यादवका परिवारमा श्रीमती र दुई वर्षीया एक छोरी रहेका छन्।