२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

अ+ अ-

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई घरदैलोमा परिचालन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ९२ वटै वडामा स्वयंसेवक खटिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराका अनुसार मतदाता शिक्षाका लागि बालविकास केन्द्रका सहजकर्तालाई जिम्मेवारी दिइएको छ । विगतका निर्वाचनमा मतदाता शिक्षामा संलग्न र अनुभवी सहजकर्तालाई नै प्राथमिकता दिएर छनोट गरी परिचालन गरिएको उनले जानकारी दिए ।

निर्वाचन कार्यालयले नौवटै स्थानीय तहमा एक/एक जना समन्वयकर्ताको व्यवस्था गरेको छ । उनीहरूमार्फत वडामा स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाएर सदर मतको अनुपात बढाउने उद्देश्यले ‘शून्य बदर मत’ को लक्ष्य राखी यो अभियान सञ्चालन गरिएको सूचना अधिकारी महराले बताए ।

घरदैलोमा पुग्ने स्वयंसेवकले नमुना मतपत्रको प्रयोग गरी मत संकेत गर्ने सही तरिका, मतपत्र पट्याउने विधि र गोप्य मतदानको महत्वबारे मतदातालाई प्रयोगात्मक जानकारी दिनेछन् । विशेषगरी पहिलो पटक मतदान गर्न लागेका नयाँ युवा मतदातालाई यो अभियानले मतदान प्रक्रिया बुझ्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा तीन लाख १४ हजार ३८५ मतदाता छन् ।