१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, भारत भ्रमण र द्विपक्षीय सहकार्यबारे छलफल

मोदीको सन्देश लिएर सिंहदरबार पुगे मिस्री, रसुवा-भोटेकोशी बाढीपछिको भारतीय सहयोगप्रति प्रधानमन्त्रीको आभार, जनकपुर-अयोध्या रेल सेवा सञ्चालनको तयारीबारे पनि जानकारी।

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, द्विपक्षीय सहकार्य र पूर्वाधारसम्बन्धी विषयमा छलफल भएको हो।

भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण सफल बनाउन भारत सरकारले तयारी तीव्र पारेको जानकारी गराएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन भारतले आवश्यक तयारी गरिरहेको उनले बताएका हुन्।

प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। विपद्पछि भारतले पहिलो सहयोगी मुलुकका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेको विषयलाई उनले महत्त्वपूर्ण सहयोगका रूपमा उल्लेख गरे।

उनले विपद्को समयमा भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेकोमा समेत धन्यवाद दिएका छन्।

भेटवार्तामा नेपाल-भारतबीच ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र उड्डयनका क्षेत्रमा भइरहेको सहकार्यबारे पनि छलफल भएको छ। विदेश सचिव मिस्रीले यी क्षेत्रसँग सम्बन्धित द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन्।

यसै क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्ने तयारीबारे पनि कुराकानी भएको छ। मिस्रीले प्रस्तावित रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढेको र बिहीबार नै रेलको परीक्षण गरिएको जानकारी गराएका हुन्।

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारीस्वरूप बिहीबार भारतबाट १७ डिब्बासहितको रेल धनुषाको कुर्थासम्म ल्याएर प्राविधिक परीक्षण गरिएको थियो। नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार रेलमार्गको क्षमता तथा सञ्चालनसम्बन्धी पक्ष परीक्षण गरिएको हो। नियमित सेवा सञ्चालनको मिति भने अझै निश्चित भइसकेको छैन। 

प्रधानमन्त्री शाहले भेटका क्रममा नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य विस्तार गर्ने सम्भावनाबारे समेत चासो राखेका छन्। खेलकुद पूर्वाधार र अन्य सम्भावित सहकार्यका क्षेत्रमा दुई देशबीच साझेदारी गर्न सकिने विषयमा उनको चासो रहेको थियो।

भारतीय विदेश सचिव मिस्री बुधबार दुई दिने नेपाल भ्रमणमा आएका हुन्। प्रधानमन्त्रीसँगको भेटअघि उनले परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलगायत मन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग छलफल गरेका थिए। नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्तामा प्रधानमन्त्रीको आसन्न भ्रमण, विकास सहयोग, ऊर्जा, व्यापार तथा पारवहनका विषय समेटिएका थिए। 

0 Comments