२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार मुद्दामा वडा सचिवलाई विशेष अदालतले दियो सफाइ

अ+ अ-

काठमाडौँ । विशेष अदालतले घुस लिएको अभियोगमा मुद्दा खेपिरहेका पोखरा महानगरपालिका-१७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आरोप पुष्टि नदेखिएको निष्कर्षसहित सफाइ दिएको छ। सोही प्रकरणमा प्रतिवादी बनाइएका सेवाग्राही दिनेश लामिछानेले पनि अदालतबाट उन्मुक्ति पाएका छन्।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गत वर्ष चैत महिनामा मुद्दा दायर गरेको थियो। आयोगले जन्म दर्ता सम्बन्धी प्रक्रियामा अनियमितता गराई सेवाग्राहीबाट बैंक खातामार्फत करिब दुई लाख पचास हजार रुपैयाँ लिएको आरोप लगाएको थियो।

अनुसन्धान विवरणअनुसार सुरुमा दिनेश दयालु लामिछाने नाममा रहेको जन्म दर्तालाई पछि फरक नाममा पुनः दर्ता गरिदिएको र त्यसको बदलामा रकम लिएको दाबी गरिएको थियो। तर अदालतले प्रस्तुत प्रमाणका आधारमा भ्रष्टाचारजन्य कसुर प्रमाणित हुन नसकेको ठहर गर्दै दुवै प्रतिवादीलाई सफाइ दिएको हो।

अदालतको फैसलासँगै सो मुद्दामा लगाइएका आरोपबाट सम्बन्धित व्यक्तिहरू मुक्त भएका छन्।