काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ।
आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
परिशरकाका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र चितुवा पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो। दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।







