२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं -५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।

महामन्त्री पौडेलले आज काठमाडौँ–५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले आफू यसअघि काठमाडौँ क्षेत्र नं ५ बाट सांसदका रूपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको बताए।

चक्रपथको दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमती करिडोर, साङ्लेखोला करिडोरलगायत रणनीतिक काम अघि बढेको उनले बताए ।

महामन्त्री पौडेलले क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी, तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गरेको बताए।

उनले सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरा वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताए। 

महामन्त्री पौडेलले क्षेत्र नं ५ लाई मेडिकल हबका रूपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाए।

उनले आफ्नो प्रतिज्ञा पत्रमार्फत संघीय संसद्मार्फत व्यवसायमैत्री कानुन निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गरे । 

“युवा जनशक्तिलाई विश्व प्रविधि बजारसँग प्रतिस्पर्धा गर्न एआई, ‘डिजिटल मार्केटिङ’जस्ता विषयमा उच्चस्तरीय शैक्षिक तालिमको प्रबन्ध गर्दै क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’का रूपमा आवश्यक नीति र पूर्वाधार तयार गरिनेछ,” उनले भने । 

प्रतिज्ञा पत्रमा भूमिविहीनहरूको पहिचान गरी लालपुर्जा वितरणको कार्यलाई गति दिनेलगायत विषय समेटिएको छ । उनले काठमाडौँ–५ अन्तर्गत पर्ने हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही, अजिमालगायत ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै भ्याली सिटी टुरमा समावेश गर्ने बताए । 

टोखाको बिस्का नख:, पाँहाचह्रे तथा हाँडीगाउँको चोख:ते नारायणजात्रा जस्ता सांस्कृतिक परम्पराको ‘ब्रान्डिङ’ गर्दै पर्यटकीय लाभ लिन पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाजस्ता ढल समस्याको समाधानका लागि उचित व्यवस्थापन गर्दै सहरी क्षेत्रमा डुबान समस्या समाधानका लागि ‘स्ट्रोमा वाटर ड्रेनेज’को व्यवस्था गर्ने प्रतिज्ञा पत्रमा उल्लेख छ ।

महामन्त्री पौडेलले टोखा छहरे सुरुङमार्ग र रसुवा केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’का रूपमा विकासका लागि पहल गर्ने बताए। यस्तै, चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर, सामाखुसी विष्णुमती करिडोरमा आफूले थालेको सडक विकासको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ ।

उनले विश्वविद्यालयहरूमार्फत अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिनिर्माणको नेतृत्व लिने र नेपालकै ‘लार्ज ल्याङ्ग्वेज मोडल विकासका लागि पूर्वाधार बनाउन आफ्नो पहल रहने बताए। धनेश्वर खेलमैदानलाई राष्ट्रियस्तरको मैदानका रूपमा स्तरोन्नति गर्ने र भूत्हया दह क्षेत्रको ११४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट र ध्यान साधना केन्द्रका रूपमा विकास गर्ने उनको प्रतिज्ञा पत्रमा उल्लेख छ ।