२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति काँग्रेसले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउने लगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको उल्लेख गर्दै तत्काल बन्द हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

‘कसैको पनि आस्थामा चोट पुर्‍याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीको झण्डा जलाउने गतिविधिलाई नेपाली काँग्रेस निन्दनीय कार्य हो भन्ने ठान्दछ । यस्तो कार्यहरू तत्काल बन्द गरिनु पर्दछ,’ प्रवक्ता चालिसेले भने ।

त्यसैगरी काँग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम भइरहेको भन्दै त्यस्ता खालका गतिविधिहरू कहीँ कतैबाट पनि हुन नहुने भनेको छ ।

प्रवक्ता चालिसेले सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति दिने कुरा कुनै पनि पार्टीले गर्न नहुने पनि बताए ।

‘हामी अनुरोध गर्न चाहन्छौँ-जनता जनताबीचको सामाजिक सदभाव, धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कहीँकतैबाट हुनुहुँदैन । सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति कुनै पनि पार्टीबाट हुनु श्रेयस्कर हुँदैन,’चालिसेले भने ।