२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहितामा किन घोषणापत्रको प्रगति पेस गर्ने व्यवस्था राख्नुको आधार पेस गर्न आदेश

अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारहरूको घोषणापत्रको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था राख्नुको आधार पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

निर्वाचन आयोग ऐनमा नभएको व्यवस्था थपेर आचारसंहिता जारी गरेको भनी परेको रिट निवेदनमा न्यायाधीश हरि फूयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

रिट निवेदक विवेक चौधरीले निर्वाचन आचारसंहिताको दफा ३७ (३) कानुन विपरीत भएको जिकिर गरेका थिए । 

उक्त व्यवस्थामा ‘राजनीतिक दल वा निर्वाचित उम्मेदवारले घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगति प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था थियो ।

निर्वाचन सञ्चालनलाई मर्यादित र व्यवस्थित बनाउन जारी गरिने आचारसंहितामा त्योसँग असम्बन्धित विषय समावेश भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

सर्वोच्च अदालतले कानुन सरहको आचारसंहिता बाझिएको अवस्थामा ठूला प्रकृतिका इजलास वा संवैधानिक इजलासबाट विवाद टुङ्ग्याउनुपर्ने मतसहित मुद्दालाई प्राथमिकतामा राख्ने आदेश (अग्राधिकारको आदेश) दिएको हो ।

तर ‘कानुनको गम्भीर व्याख्या सन्निहित प्रश्न’ रहेको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो ।