२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा सञ्चार क्षेत्रलाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सञ्चार क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सरोकारवाला मन्त्रालय र निकायसँग छलफल गरेको छ।

नपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, सहसचिव, नियामक नेपाल दुरसञ्चार प्राधिकरण, सेवाप्रदायकहरुबीच निर्वाचनलाई लक्षित गरेर दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउने समझदारी भएको हो।

निर्वाचनका समयमा विशेष गरी मतदान केन्द्रहरूमा सञ्चारको पहुँच पुर्‍याउन, भइरहेको सेवालाई थप प्रभावकारी बनाउन, सेवाको मर्मत र अनुगमनलाई चुस्त र दुरुस्त राख्ने निर्णय भएको छ। टेलिफोन सेवा, इन्टरनेटलगायत सेवा प्रदायकहरुबाट सेवालाई प्रभावकारी बनाउने विषयमा सराकारवाहरुबीच छलफल भई कार्यान्वयन गरिएको छ। 

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको सन्दर्भमा दूरसञ्चार सेवालाई थप सहज, भरपर्दो र प्रभावकारी बनाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।

उनले सञ्चार मन्त्रालय मातहतका सरकारी सञ्चार माध्यम, दूरसञ्चार सेवालगायत कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।