२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा ‘अफ्रिकन स्वाइनफिभर’ले बंगुर मर्न थाले

अ+ अ-

चितवन । जिल्लामा पालिएका बंगुर मा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो ।इच्छाकामना गाउँपालिकाको एक व्यावसायिक फर्म र भरतपुर महानगरपालिका–८ को बंगुर फार्ममा यो रोगको सङ्क्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयकी पशु चिकित्सक डा सविता ज्ञवालीका अनुसार इच्छाकामनामा पालिएका ७० वटा बंगुर सोही रोगको सङ्क्रमणले मरिसकेका छनभने भरतपुरका चारवटा बंगुर यसैको सङ्क्रमणले मरेका छन् । भाइरसबाट सर्ने रोग भएकाले यसको औषधि हालसम्म उपलब्ध छैन ।

अफ्रिकन स्वाइनफिभर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । रोग सङ्क्रमित सुँगुर–बंगुर बीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुर को र्‍याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट सर्ने गर्छ ।

त्यसैगरी, बिरामी बंगुर को ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता, चप्पल आदि प्रयोग गर्दा सर्नसक्ने ज्ञवालीले जानकारी दिईन् ।

यो रोग लागेका बंगुरहरु एकै ठाउँमा बस्ने, शरीरमा निला डामहरु देखा पर्ने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिज निकाल्ने, सुँगुर बंगुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षणहरु देखापर्ने कार्यालयले जनाएको छ ।

यसबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बंगुरको खोरमा अनावश्यक मानिसको आवत–जावत रोक्ने, बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्ने जस्ता उपायहरु अपनाउनुपर्ने उनले बताईन् । बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधै फार्ममा रहेका बंगुरसँग नमिसाई २१ दिन क्वारेन्टिनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बंगुरको खोर र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले नि:सङ्क्रमण गर्ने, रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्दा क्षति कम हुने ज्ञवालीको भनाइ छ ।