२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा निर्वाचन तयारी पूरा

अ+ अ-

नवलपुर(नवलपरासी) । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् ।

नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारीसहितका गरी एक हजार ८६९ कर्मचारी परिचालन हुनेछन् । त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुनेछन् ।

निर्वाचन सम्पन्न गराउनका लागि हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए । मतदानमा खटिने मतदान अधिकृतका लागि फागुन १४ र १५ गते प्रशिक्षण दिएर मतदान केन्द्रमा खटाउने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीको भनाइ छ । निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसीलगायतका सम्पूर्ण ५१ प्रकारका निर्वाचन सामग्री जिल्लामा आइसकेको उनले बताए ।

निर्वाचनका लागि जिल्लामा करिब छ लाख मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ एक लाख ४६ हजार तथा समानुपातिकतर्फ एक लाख ५४ हजार मतपत्र आइपुगेको उनले जानकारी दिए । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पनि एक लाख ४१ हजार तथा समानुपातिकतर्फ एक लाख ४१ हजार मतपत्र आइपुगेको उनले बताए ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा एक लाख ३७ हजार ८१ मतदाता एवं क्षेत्र नं २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । जिल्लामा एउटा अस्थायी मतदान केन्द्रसहित कुल ३११ मतदानस्थल कायम गरिएका छन् । कावासोती नगरपालिका–२ स्थित शिव मावि मतदानस्थलमा अस्थायी मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन अधिकारी शर्माले यहाँ मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत तीन हजार ४४२ जनाले मतदान गर्ने बताए ।