२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने वर्षमान पुनको  प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ रोल्पालीले शिर झुकाउनुपर्ने काम नगर्ने बताएका छन् । 

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल मार्फत भिडियो जारी गरेर मत माग्दै उनले यस्तो बताएका हुन् । रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगरेको र अब पनि नगर्ने उनले बताए । 

पुनले जनप्रतिनिधिका रूपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे चर्चा गर्दै उनले जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, जिल्लाभरका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ शय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिँचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको उल्लेख गरेका छन् ।मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘रोल्पाको सडक सञ्जाल विस्तार गर्नका लागि मदन भण्डारी लोकमार्ग होस् वा शहीद मार्ग निर्माण र कालोपत्रे गर्ने मैले खेलेको भूमिका यहाँहरूलाई थाहा छ ।’ संघीय र स्थानीय सरकारको साझेदारीमा १० वटै पालिकाका प्रशासनिक भवनहरू संघीय र स्थानीय सरकारको साझेदारीमा करिब बनिसकेका छन् ।’

उनले ‘जनयुद्ध र जनआन्दोलन’मा योगदान गर्ने जिल्लाको जनप्रतिनिधिका रूपमा आगामी दिनमा पनि आफूले जिल्लाको इज्जत बढाउने काम गर्ने प्रतिबद्धता गरे । उनले भनेका छन्, ‘रोल्पालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नेछु । राष्ट्र निर्माणमा, राष्ट्रिय स्वाधीनतामा, देशको समृद्धिमा युवाहरूलाई रोजगार/स्वरोजगार बनाउने अभियानमा लाग्नेछु ।’