२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

अ+ अ-

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ ।

जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल चुनावी माहोल उत्कर्षमा छ र फागुनदेखि भने यहाँको मौसमी तापक्रम घट्दैछ । हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । तल्लो मुस्ताङको तापक्रम पनि माइसन ३ डिग्रीमा छ । यद्यपि, मौसम चिसो र प्रतिकूल बने पनि निर्वाचन प्रचार–प्रसार तीव्र रूपमा भइरहेको छ । तल्लो मुस्ताङको घाँसादेखि नेपाल–चीन सिमानाका कोरलासम्मै निर्वाचनको माहोल तातिएको छ ।

जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ राजनीतक दलमध्ये छ दल र तिनका उम्मेदवारले निर्वाचनको माहोल तताएका छन् । नेकपा(एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उज्यालो नेपाल पार्टीले प्रचार–प्रसार अभियानलाई तीव्रता दिइरहेका छन् । मंगोल नेपाल अर्गनाइजेसन र आम जनता पार्टी र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि चलिरहेकै छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दासमेत जाडो छल्न बँेशी झरेका अधिकांश मतदाता जिल्ला फर्किएका छैनन् । केही मतदाता भने हिमालतर्फ उक्लिन थालेका छन् । मतदातालाई फर्काउन उम्मेदवार र पार्टीले पनि विभिन्न तवरले पहल गरिरहेका छन् ।

यहाँ उम्मेदवारले पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षालगायत मुस्ताङ जिल्लाको समग्र विकास योजनालाई प्राथमिकतामा राखेर निर्वाचनका कार्यक्रम अघि बढाइरहेका छन् । नेपाल–चीन उत्तरी कोरलानाकाको भन्सार अध्यागमन तथा एकीकृत सुरक्षा पोस्टलगायतका भौतिक पूर्वाधार, निर्माण, कोरलानाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवरको पर्यटन मार्ग तथा पर्यटन विकास, माथिल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रको खारेजी, कृषि क्षेत्रमा आधुनिकीकरण तथा खेर गइरहेका जग्गाहरुको समुचित व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा ब्याचलर सम्मको सबै विषयमा शैक्षिक सुविधा, सडक, पुल, मुस्ताङ—डोल्पा सडकको पूर्णता र मुस्ताङ—मनाङ सडकमार्ग, जलवायु संकटको न्यूनीकरण, सुविधा सम्पन्न स्वास्थ्य पूर्वाधार तथा जनशक्ति व्यवस्थापनलगायतका प्रतिबद्धता लिएर दल तथा उम्मेदवार जनतासमक्ष पुगिरहेका छन् ।

यसैगरी, जिल्लामा अलपत्र विकास योजनालाई अघि बढाउने, युवा उद्यमशीलताको विकास गर्ने तथा मुस्ताङको समग्र पर्यटन विकासको सम्भावनाको खोजी गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनेलगायत विषय घोषणा गरिएका छन् । मतदाता रिझाउन उम्मेदवारले भूमिहीन सुकुम्वासी तथा अव्यस्थित बसोबासीलाई लालपुर्जा दिलाउन पहल गर्ने तथा मुस्ताङमा २०३० सालमा नापी हुन छुटेका जग्गालाई पुन: नापनक्सा गराउन पहल गर्नेलगायत प्रतिबद्धता जनाइरहेका छन् ।

विसं २०७९ को निर्वाचनसम्म एमाले र काँग्रेसको एकल प्रतिस्पर्धा हुने यस जिल्लामा यसपटक मुख्य गरी चार राजनीतिक पार्टीको प्रतिस्पर्धा हुने आकलन गरिएको छ । हाल नेपाली काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य प्रतिस्पर्धामा छन् । त्यसो त मतदातालाई आफ्नो पक्षमा पार्न उज्यालो नेपाल र राप्रपाले निर्वाचनमा मुख्य प्रतिस्पर्धी पार्टीलाई चुनौती दिने आकलन गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र दलहरू पनि आफ्ना उम्मेदवार लिएर घरघर गइरहेको बताए । निर्वाचनका लागि कर्मचारीहरुको व्यवस्थापन तथा कार्यविभाजन, मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई तालिम दिनेलगायत काम सकिएको उनले बताए ।

निर्वाचनका लागि जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ५०१ र सशस्त्र प्रहरीबाट निर्वाचन प्रहरीसहित २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । यसैगरी, नेपाली सेनाले माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी गस्ती बढाइरहेको छ ।