२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुन्डाराज समाप्त पार्ने, स्पेस र एआईको हब बनाउने डा. सिके राउतको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ। जनमत पार्टी नेपालका अध्यक्ष डा. सिके राउतले सप्तरीमा जंगली तथा गुन्डाराज अन्त्य गरी शान्तिपूर्ण वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सप्तरी-२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले बिहीबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सो कुरा उल्लेख छ ।

राउतको प्रतिबद्धता पत्रमा मूल कुरा नै सप्तरीमा विगत दशकमा जंगली तथा गुन्डाराज रहेको भन्दै त्यसलाई समाप्त पारेर सबै समुदायका जनताले शान्तिपूर्वक ढंगले बस्न पाउने वातावरण निर्माण गरिने उल्लेख छ ।

यस्तै शिक्षा, स्वास्थ्य र स्पेस तथा एआईको हब बनाउने विषय पनि अध्यक्ष राउतको प्रतिबद्धता पत्रमा उल्लेख छ । १२ बुँदे प्रतिबद्धता पत्रमा उनले शान्ति तथा सुव्यवस्था, जनता–राज, जनताका समस्या समाधान, अधूरा योजना पूरा गर्ने, रोजगारी, औद्योगीकरण, कृषि, पर्यटन, युवा, महिला तथा खेलकुद, पर्यावरण र जंगलराजबाट स्पेस र एआईको युगमा फड्को मार्नेलगायतका प्रतिबद्धता उल्लेख गरेका छन् ।

यस्तै सदरमुकाम राजविराज बजार क्षेत्रको बिटौरी जग्गासम्बन्धी समस्याको समाधान, हटियाको भवन र गिलेसनका डिजाइन सम्बन्धित पक्षको सल्लाहमा त्रुटि सच्चाउँदै सञ्चालनमा ल्याइने राउतले प्रतिबद्धता जनाएका छन् ।

यस्तै बसपार्क र गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ भवन, राम राजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढाउने पनि अध्यक्ष राउतको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यस्तै राजविराज-१० मा रहेको मधेश स्पेस सेन्टरको प्रारम्भिक भौतिक संरचना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई सञ्चालन गरेर मोनिटरिङ सिस्टमका रूपमा प्रयोग गरिने अध्यक्ष राउतको प्रतिबद्धता छ ।

यस्तै स्कुल अफ एआई एन्ड रोबोटिक्स योजना कार्यान्वयन गरी मधेसलाई स्पेस तथा एआईको हबका रूपमा परिचित गराइने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।