२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका कारण भएनन् होलीका औपचारिक कार्यक्रम

अ+ अ-

गण्डकी । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रूपमा नभई घरघरभित्रै होली मनाइएको छ ।

विगतका वर्षमा पोखराको पर्यटकीयस्थल लेकसाइडलगायत मुख्य सहरी क्षेत्रका साथै विभिन्न संघसंस्थाको आयोजनामा सामूहिक रूपमा होली मनाउने गरिएको थियो ।

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १५ गते औपचारिक सूचना जारी गर्दै निर्वाचनलाई लक्षित गरी यस वर्ष होली पर्वलाई सार्वजनिक खुला रूपमा औपचारिक कार्यक्रम नगरी आआफ्नै घर परिसर भित्रै मनाउन आग्रह गरेको थियो ।

प्रशासनको सूचनालाई पालना गरिएका कारण जिल्लामा आज होलीका कुनै पनि औपचारिक कार्यक्रम भएका छैनन् । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न कास्की प्रशासनले आजदेखि अर्को निर्णय नभएसम्मका लागि बेलुका राति ९:०० बजेसम्म मात्रै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउने गरी सूचना जारी गरेको छ ।

 आजै राति १२:०० बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले दल तथा उम्मेदवारहरूले आज आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तीनवटा निर्वाचन क्षेत्र भएको जिल्लामा ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।