२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौन अवधिमा निर्वाचन आचरसंहिता पालन गर्न अनुरोध

अ+ अ-

कर्णाली । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यही फागुन १८ गते राति १२:०० बजेपश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ संगठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित, मितव्ययी र पारदर्शी बनाउन र आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गरिएको निर्वाचन आचारसंहित अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए ।

सो अवधिमा निर्वाचन प्रचासप्रसारलगायत सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, कार्यशाला नगर्न, मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दलका उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया एवं माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुनेलगायत सात बुँदे आचारण पालन गर्न आग्रह गरिएको निर्वाचन अनुगमन अधिकृत कार्कीले बताए । उनका अनुसार निर्वाचन प्रसारप्रसारमा अवाञ्छित गतिविधि भएको पाइएको छैन ।