२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

अ+ अ-

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदानका लागि खटिएका कर्मचारी, नेपाल प्रहरी र निर्वाचन प्रहरीसहितको टोली आवश्यक सामग्री लिएर सम्बन्धित मतदानस्थलमा पुगिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलले जिल्लाभर निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मतपत्र बाहेक अन्य ५० प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू मतदान केन्द्रमा पुगेका छन् ।

जिल्लामा ६२८ मतदान केन्द्र र ३१२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माण तथा व्यवस्थापनको काम सुरु गरिएको पौडेलले जानकारी दिए । निर्वाचन सम्पन्न गराउन जिल्लाभर करिब तीन हजार ७०० जना कर्मचारी खटिएका छन् ।
यसैबीच, जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलता विश्लेषणका आधारमा आवश्यक सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीका चार निर्वाचन क्षेत्रमा पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।