२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाका कारण झापामा अवतरण नगरी काठमाडौँ फर्कियो बालेन सवार हेलिकप्टर

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सवार हेलिकप्टर सुरक्षाका कारण झापामा अवतरण नगरी काठमाडौँ फर्किएको छ।

झापा निर्वाचन क्षेत्र नं. ५ तर्फ जाने क्रममा बालेन सवार हेलिकप्टर काठमाडौँबाट उडेको करिब २५ मिनेटपछि पुनः काठमाडौँ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार जहाजको प्राविधिक समस्या नभई उनीहरूको आन्तरिक कारणले नै फर्केको हुनसक्छ।

“अपरेशनल समस्याका कारण फर्केको भन्ने छ, जहाज उडेको केही समयमा फर्केको जानकारी आएको थियो” उनले भने।

हेली एभरेस्टको नाइन एन-एओबी हेलिकप्टरमार्फत रास्वपाका वरिष्ठ नेता साहसहित पाँच सदस्यीय टोली आज बिहान ९:१२ बजे काठमाडौँबाट झापाका लागि प्रस्थान गरेको थियो। तर सुरक्षासम्बन्धी कारणले झापामा अवतरण नगरी उक्त हेलिकप्टर डाइभर्ट भई बिहान १०:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको स्रोतले बतायो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्वाचन आयोगले निर्वाचनको दिन हवाई सेवा बन्द नगर्ने निर्णय गरेपछि केही शीर्ष नेताहरूलाई हेलिकप्टर प्रयोग गर्न अनुमति दिएको थियो। सोहीअनुसार हिजो नेपाली काँग्रेसका सभापति गगन कुमार थापा काठमाडौँबाट सर्लाही, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन र रुकुम पूर्व तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसहित तीन जनालाई काठमाडौँबाट झापा जान उडान अनुमति दिइएको थियो।

निर्वाचन आचारसंहितामा प्रचार-प्रसारका क्रममा राजनीतिक दलका सभापतिलाई मात्र हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था भए पनि बालेन सवार हेलिकप्टर किन बीचबाटोमै फर्कियो भन्नेबारे आधिकारिक कारण खुलाइएको छैन।

बालेनले बिहान काठमाडौँमा मतदान गरेपछि झापाका लागि प्रस्थान गरेका थिए।