काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन्।
ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
मतदानका लागि उनी पत्नी राधिका शाक्यसहित मतदान स्थल पुगेका थिए।
यस पटकको प्रतिनिधिसभा निर्वाचनमा ओली झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्।







