काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा दिउँसो १ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान भएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मकवानपुरमा ३ लाख १५ हजार ३ सय ३४ जना मतदाता छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३ सय ७६, पुरुष एकलाख ६१ हजार ९ सय ५३ पुरुष र पाँच जना अन्य मतदाता छन् ।
१०२ वटा वडा रहेको जिल्लामा रहेका १६७ मतदान स्थलका ३ सय ७४ मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुरमा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जसका लागि विभिन्न स्थानमा मतदान केन्द्र व्यवस्था गरिएको छ ।







