काठमाडौँ । सिराहा जिल्लाका निर्वाचन क्षेत्रहरूमा दिउँसो २:५० बजे सम्म करिब ५२ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्।
निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सुचारु रहेको निर्वाचन आयोगले जनाएको छ। मतदान केन्द्रहरूमा सहज व्यवस्थापन भएको र मतदाता सहभागिता अपेक्षाअनुसार उच्च रहेको छ ।







