काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा मोरङ जिल्लामा करिब ५२ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१.९४ प्रतिशत मत खसेको हो।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन्।
जिल्लाभरका कुल ८८८ मतदान केन्द्र छन्। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ।







