काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
नेकपा (एमाले) पाँच, नेपाली काँग्रेस चार र नेपाली कम्युनिस्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।







