काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले उल्लेखनीय अग्रता कायम गरेका छन्।
हालसम्म १९ हजार ९४३ मत गणना सम्पन्न हुँदा श्रेष्ठले १३ हजार १५० मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुमन सायमीले १ हजार ७४४ मत प्राप्त गरेका छन्। यस आधारमा दुवै उम्मेदवारबीचको मतान्तर ११ हजार ४०६ पुगेको छ।
यसैगरी नेपाली काँग्रेसकी उम्मेदवार सपनाराज भण्डारीले १ हजार ४८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवीन शाहीले १ हजार १५ मत पाएका छन् भने नेकपा (एमाले)का राजेश शाक्यले ९७८ मत प्राप्त गरेका छन्।
मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







