६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको टिप्पणी : ‘नयाँ भनिएकाहरूको सरकार आएपछि जनताले धेरै दुःख पाए’

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरूको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गरेका छन् । 

आइतबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना समेत गरे । 

महासचिव पोखरेलले दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको दाबी गर्दै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको आरोप समेत लगाए । 

उनले जनताले आर्थिक कठिनाइ भोगिरहँदा शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको टिप्पणी समेत गरे। उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सामाजिक व्यवहार तथा परम्परागत मूल्य र मान्यतामा समेत नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसार सामग्री निरन्तर प्रस्तुत गर्दा मानिसको सिर्जनशीलता र मानसिक रूपमा समेत विभिन्न नकारात्मक असरहरू देखिएको उल्लेख गरे । उनले मानिसहरू सामाजिक सञ्जालमा झुम्मिने कुराले मुलुकको परम्परा, संस्कृति र सभ्यता नै संकटमा परेको समेत टिप्पणी गरे । उनले नेपाली समाज लाइक र भ्युज पाउने लोभमा आफैँ नाङ्गिन थालेको टिप्पणी समेत गरे ।

उनले भने, ‘यो नयाँ सरकार आइसकेपछि, नयाँ भनिनेहरु भनौँ सबैभन्दा पीडा जनतालाई भएको छ । किन भएको छ भने महँगी बढेको बढेई छ । दुई वर्ष अगाडि बजार भाउ के थियो र अहिले दुई वर्षपछि बजार भाउ के छ भनेर हेर्ने हो भने आकाश जमिनको अन्तर छ । आखिर सरकार भनेको त जनताको सुखको लागि हो नि त । जनताले सबै कुरा गुमाउने अनि शासनमा बस्नेहरूले चमत्कार गरिदिन्छन् भनेर हामी कहिलेसम्म बस्ने रु गर्ने केही पनि होइन गर्छ कि भनेर मख्ख पारेको छ । हामीले यो मोबाइलको भाँडोलाई मोहनि लगाइदियौँ । यदि तपाईले केही कुरा हेर्नुभयो भने योलाई यही चिज मन पर्दो रहेछ भन्छन् र पठाको पठाइ गर्छन् । बिरामी परेको बेलामा नेताहरुले गरेको सहयोग जनताले सहजै बिर्सिदिने भएको छ, सामाजिक सञ्जालले चमत्कार गर्छ भन्ने कुरा सम्झिएर यस्तो समस्या हुने गरेको छ । न यसले हिजो भएको छ न त भोलि हुनेवाला छ । यसले हाम्रो दिमागमा जुन असर पारेको छ यसबाट हाम्रो समाजलाई जोगाउनुपर्नेछ । त्यो जोगाउने चिज के हो त भन्दा हाम्रा परम्परा, हाम्रा मूल्य र हाम्रा संस्कृतिहरु समेत यसले खाइरहेको छ । यो मोबाइलको भाँडोले हाम्रो संस्कृति र सम्पदालाई खाइराखेको छ ।’

उनले मुलुकको संस्कृति, परम्परा र रितिरिवाजको जगेर्ना गर्न सबैले भुमिका खेल्नुपर्नेमा जोड दिए।

0 Comments