सिद्धार्थनगर । रुपन्देहीका पाँचवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारलाई पछि पार्दै सबै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रुपन्देही १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल १४ हजार ८२४ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ४ हजार ४१४ मतका साथ पछ्याइरहेका छन् ।
रुपन्देही २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ३२ हजार १८८ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेकपा ९एमाले० का विष्णुप्रसाद पौडेलले ६ हजार ८४९ मतका साथ पछ्याइरहेका छन्।
रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा। लेखजंग थापा २६ हजार २७३ मतका साथ अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका सुशील गुरुङ ३ हजार ७९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने रुपन्देही ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ १६ हजार ९५१ मतका साथ अग्रस्थानमा छन्। उहाँलाई एमाले का प्रमोदकुमार यादवले १४ हजार ९४४ मतका साथ पछ्याइरहेका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।
रुपन्देही ५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खान १४ हजार ५३ मतका साथ अग्रस्थानमा छन्। उनलाई एमालेका खिमलाल भट्टराईले चार हजार ९२८ मतका साथ पछ्याइरहेका छन्। जिल्लामा मतगणना शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।







