गोरखा । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ ।
भौगोलिक विकटताका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना सुरु भएको हो ।
जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२:३० बजेबाट मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।







