काठमाडौँ। नुवाकोट-१ मा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत पछाडि परेका छन्। रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनासँग १४ मतले पछि परेका हुन्।
रास्वपाका उम्मेदवार निमिल्सिनाले ६ हजार ८५२ मत ल्याउँदा काँग्रेसका उम्मेदवार महतले ६ हजार ८३८ मत ल्याएका छन्।
नेकपाका हितबहादुर तामाङले ५ हजार २२७ मत पाउँदा एमालेका बद्री मैनालीले ३ हजार २०८ मत पाएका छन्।







