जलेश्वर (महोत्तरी) । महोत्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएको हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याए । स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली काँग्रेसका उम्मेदवार बजरैंग नेपालीले चार हजार ३२४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र–१ र २ मा यसअघि नै क्रमश: रास्वपाकै प्रमोदकुमार महतो र दीपककुमार साह निर्वाचित भइसकेका छन् भने बाँकी रहेको क्षेत्र नं ४ मा पनि रास्वपाकै उम्मेदवार गौरी कुमारी फराकिलो मतान्तरले अगाडि रहेकी छन् ।







