२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्ने अपेक्षा गरेको छ। आयोगले आज विज्ञप्ति प्रकाशित गरी प्रत्यक्षतर्फ अब १० सिटको मात्रै अन्तिम परिणाम आउन बाँकी रहेको छ।

यस्तै, समानुपातिकतर्फ पनि ५० लाख मतगणना भइसकेको आयोगको भनाई छ। ‘हालसम्म प्रत्यक्ष तर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा  घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ। भोली दिउसो सम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ’ आयोगले भनेको छ, ‘समानुपातिकतर्फ खसेको १ करोड ९ लाख मत मध्ये हालसम्म ५० लाख (करिब ४६ प्रतिशत) को मतगणना सम्पन्न  भएको छ। पर्सी फागुन २७ गते बिहान सम्म समानुपातिक तर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरिएको छ।’ 

समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्ने छ। 

निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्ने आयोगले जनाएको छ।

दलहरूले बन्द सूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रुजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र  उपलब्ध गराउने कार्य गर्नेछ। 

यही चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको स्पष्ट पारेको छ।