२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो

अ+ अ-

दमौली (तनहुँ) । समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो दल बनेको छ । आज बिहान सम्पन्न मतपरिणामअनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । तनहुँमा रास्वपाले ६९ हजार १३२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार नेपाली काँग्रेसले २७ हजार ४३९, नेकपा (एमाले) ले १५ हजार ९४०, नेपाली कम्युनिस्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२, मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेको छ । 

त्यसमध्ये तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाले ३८ हजार ८०७, नेपाली काँग्रेसले १५ हजार १७२, नेकपा (एमाले) ले पाँच हजार ९६०, नेपाली कम्युनिस्ट पार्टीले दुई हजार ८४८, राप्रपाले एक हजार ७७६, श्रम संस्कृति पार्टीले एक हजार ५३२, मङ्गोल नेसनल अर्गनाइजेसनले २६७ मत प्राप्त गरेको छ । 

क्षेत्र नम्बर २ तर्फ रास्वपाले ३० हजार ३२५, नेपाली काँग्रेसले १२ हजार २६७, नेकपा (एमाले) ले नौ हजार ९८०, नेपाली कम्युनिस्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१०, मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेको छ ।