२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा ९५ उम्मेदवारको जमानत जफत

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमा पर्साका १०७ उम्मेदवारमध्ये ९५ जनाको चुनावी जमानत जफत भएको छ। उम्मेदवारहरूले कुल मतको १० प्रतिशत भन्दा कम मत पाएका कारण उनीहरूको जमानत फिर्ता भएन।

जमानत गुमाउनेमा ठूला मधेशी दलका उम्मेदवारसहित नेकपा, राप्रपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू पनि छन्।

जिल्लामा रास्वपा, नेकपा एमाले र नेपाली काँग्रेसबाट उम्मेदवार बनेकाहरू बाहेक अन्य सबै पार्टीका उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। अधिकांश मत रास्वपाका उम्मेदवारतर्फ गएपछि अन्य दलको मत प्रतिशत निकै घटेको हो।

निर्वाचन क्षेत्र अनुसार पर्सा १ मा २३ उम्मेदवारमध्ये २० को जमानत जफत भएको छ। यहाँ ८९ हजार ६३८ मतदाता रहेकोमा ६१ हजार ३०६ मत खसेको थियो। पर्सा २ मा ३१ उम्मेदवारमध्ये २८ को जमानत जफत भएको र ९५ हजार १२० मतदातामध्ये ६५ हजार ८७८ मत खसेको छ।

पर्सा ३ मा २३ उम्मेदवारमध्ये २० को जमानत जफत भएको छ, कुल ९६ हजार ५४२ मतदाता रहेको क्षेत्रमा ६७ हजार ११३ मत खसेको थियो। पर्सा ४ मा पनि २३ उम्मेदवारमध्ये २० को जमानत जफत भएको निर्वाचन अधिकृत नूतन झाले जानकारी दिइन्। यहाँ ९५ हजार २१३ मतदातामध्ये ६४ हजार ९६७ मत खसेको थियो।

चारै निर्वाचन क्षेत्रमा रास्वपा, नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवार बाहेक अन्य सबैले जमानत गुमाएका छन्।