२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरूको योगदानप्रति सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद व्यक्त गरेका छन्।

सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले विभागीय प्रमुखहरू, निर्वाचन अनुगमनमा परिचालित वरिष्ठ उपरीक्षक तथा उपरीक्षकहरूलाई प्रत्यक्ष रूपमा धन्यवाद दिएका हुन्।

साथै भर्चुअल माध्यमबाट सहभागी भएका सबै प्रदेशका बाहिनी पति, विभिन्न कार्यालय प्रमुख तथा सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई पनि उनले आभार व्यक्त गरेका थिए।

महानिरीक्षक अर्यालले संगठन अनुशासन, इमानदारिता र राष्ट्रप्रतिको समर्पणलाई मूल मूल्य मान्दै अघि बढिरहेको उल्लेख गर्दै प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको योगदान उल्लेखनीय रहेको बताए।

उनले फागुन २१ मा सम्पन्न निर्वाचन सुरक्षा व्यवस्थापन सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण भए पनि सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गरे। यसबाट सशस्त्र प्रहरी कर्मचारीहरूको व्यावसायिक क्षमता र जिम्मेवारीप्रति प्रतिबद्धता पुष्टि भएको उनको भनाइ थियो।

कार्यक्रमका क्रममा महानिरीक्षक अर्यालले संगठनमा कार्यरत सबै दर्जाका कर्मचारीलाई आचारसंहिता विपरीत गतिविधिमा संलग्न नहुन निर्देशन दिएका थिए। उनले संगठनको बर्दी लगाएर संगठनविरुद्ध हुने कुनै पनि कार्य अस्वीकार्य हुने स्पष्ट पारे।

त्यसैगरी, संगठनको तटस्थ छवि कायम राख्न कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सीमा क्षेत्रमा परिचालन हुँदा सम्बन्धित निकाय र समकक्षी निकायसँग समन्वय गरी कार्य गर्न पनि निर्देशन दिएका छन्।

निर्वाचन अनुगमनमा खटिएका अधिकृतहरूलाई अनुगमनका क्रममा भएका गतिविधि तथा अनुभव समेटेर प्रतिवेदन पेश गर्न आग्रह गर्दै उनले त्यस्ता प्रतिवेदनको आधारमा भविष्यका निर्वाचनमा देखिन सक्ने कमजोरी पहिचान गरी सुधारका लागि प्रधान कार्यालयबाट निरन्तर अनुगमन गरिने बताए।