काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहपछि सो पार्टीका सहमहामन्त्री विपिन आचार्यले आफ्नो चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनी दाङ २ बाट उम्मेदवार बनेर भारी मतका साथ विजयी बनेका थिए ।
चुनाव सकिएको हप्ता दिन नबित्दै आचार्यले खर्च विवरण बुझाइदिएका हुन् । उनको विवरण अनुसार निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको छ । यो निर्वाचन आयोगले तोकेको अधिक सीमाभन्दा कम हो ।
विपिनले दिएको विवरण अनुसार उनले ७ वटा शीर्षकमा रकम खर्चेका छन् । जसमध्ये प्रचारप्रसार सामग्रीमा सबैभन्दा बढी ४ लाख ३५ हजार १२५ रुपैयाँ खर्च भएको छ । यस्तै, सवारी साधन/ढुवानीमा ३ लाख ५९ हजार ३५० रुपैयाँ, गोष्ठी अन्तरक्रिया तथा सभामा २ लाख १४ हजार ५५, छापा तथा विद्युतीय माध्यममा २ लाख रुपैयाँ खर्च गरेका छन् । कार्यालय सञ्चालन खर्च १ लाख ९७ हजार ३०० र प्रतिनिधि तथा स्वंसेवक परिचालन खर्च १ लाख ८९ हजार ६८० रुपैयाँ रहेको छ ।








