२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय पार्टी बन्यो श्रम संस्कृति

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

स्थापना भएको चार महिनामै सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक मत प्राप्त गरी राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको हो । 

सुनसरी-१ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) ३५ हजार ७४१ मतसहित विजयी भएका छन्। यस्तै भोजपुरबाट ध्रुवराज राई १६ हजार ६६३ मत र खोटाङबाट आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भएपछि पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ तीन सिट प्राप्त गरेको छ ।

समानुपातिकतर्फको पछिल्लो मत परिणाम अनुसार श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५ मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।