२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

अ+ अ-

नारायणगढ (चितवन) । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर संकलन बन्द गर्ने निर्णय गरिएको छ । 

आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र संकलन गर्ने व्यवस्था गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूले आफ्नो सवारीसाधन पार्किङ गरी नियमानुसार राजश्व बुझाउन निर्देशन दिएको छ । 

बैठकले भरतपुर महानगरक्षेत्रभित्र रहेका विभिन्न यातायात व्यवसायी संस्थाका टिकट काउण्टर ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्क बाहेक अन्यत्रबाट टिकट काट्न नपाइने स्पष्ट पारेको शर्माले बताए। नारायणगढ बजार क्षेत्रभित्र मुख्य सडकमा अव्यवस्थित पार्किङ तुरुन्त बन्द गर्नुपर्ने र पुल्चोकलगायतका बजार क्षेत्रभित्रका पेट्रोलपम्पमा पेट्रोल हाल्ने नाममा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्न भनिएको उनले जानकारी दिए। 

यसअघि बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थित गर्न लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउण्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले ती निर्णयहरू कडाइका साथ कार्यान्वयन गराउन सबै सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी दिए ।