काठमाडौँ। कोशी प्रदेशमा २१ फागुनमा सम्पन्न निर्वाचनको समानुपातिक मत परिणाम अनुसार नेकपा एमाले चौथो दलको स्थानमा रहेको छ। समानुपातिक मतमा रास्वपा पहिलो दल बनेको छ। यसले ८ लाख ५३ हजार १८३ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा श्रम संस्कृति पार्टी रहेको छ, जसले २ लाख ९२ हजार ४९ मत पाएको छ। तेस्रोमा नेपाली काँग्रेस रहेको छ, जसले २ लाख ९० हजार ५६२ मत ल्याएको छ। चौथो स्थानमा रहेको एमालेले २ लाख ८८ हजार १८६ मत पाएको छ।
प्रत्यक्षतर्फको मत परिणाम हेर्दा भने एमालेले समानुपातिकभन्दा बढी मत प्राप्त गरेको देखिन्छ। प्रदेशका २८ निर्वाचन क्षेत्रमा एमालेले चार क्षेत्रमा जित हासिल गरेको छ। बाँकी क्षेत्रमा आठ/आठमा दोस्रो र तेस्रो स्थानमा पुगेको छ। थप रूपमा, छ क्षेत्रमा चौथो र दुई क्षेत्रमा पाचौं स्थानमा रह्यो।
प्रत्यक्षतर्फ एमालेका उम्मेदवारहरूले ल्याएको कुल मत ३ लाख २१ हजार ७१७ पुगेको छ, जुन समानुपातिकतर्फ प्राप्त मतभन्दा उल्लेखनीय रूपमा बढी हो।







