काठमाडौँ। मस्कोस्थित ‘क्रोकुस सिटी हल’ मा सन् २०२४ मा भएको आतंककारी आक्रमणको सम्बन्धमा रुसको सैन्य अदालतले १५ जना अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।
अदालतले कुल १९ जनालाई दोषी ठहर गर्दै बाँकी चार जनालाई १९ देखि २२ वर्षसम्मको कैद सजाय तोकेको छ। जन्मकैद पाउनेमा आक्रमणका चार मुख्य योजनाकार-शमसिदिन फरिदुनी, डालेर्जन मिर्जोयेभ, मुहम्मदसोबिर फायजोभ र साइदाक्रामी रचाबालिजोडा-सहित ११ जना रहेका छन्।
साथै अदालतले अभियुक्तहरूलाई पाँच लाखदेखि २७ लाख रूबलसम्म जरिवाना तिराउन आदेश दिएको छ र पीडितहरूले दर्ता गरेका २७ वटा नागरिक दाबी पूर्ण रूपमा मान्यता दिएको छ।
सन् २०२४ मार्च २२ को साँझ भएको उक्त आक्रमणमा १४९ जनाको मृत्यु भएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए। आक्रमणकारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै हलमा आगो लगाएका थिए।
रुसी अनुसन्धान अधिकारीहरूका अनुसार यस घटनाका दुई मुख्य योजनाकार र अन्य चार सदस्यहरूको खोजी अझै जारी छ।







