२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होर्मुज जलमार्ग खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी

अ+ अ-

काठमाडौँ । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन् ।

फाइनान्सियल टाइम्सलाई दिइएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले यस्तो बताएका हुन् । उनले चीनले पनि होर्मुज जलडमरूमध्य खोल्न मद्दत गर्ने आशा व्यक्त गरे । ट्रम्पका अनुसार चीनले प्रयोग गर्ने करिब ९० प्रतिशत तेल यही जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ ।

ट्रम्पले आफू र चिनिया रास्ट्रपति सि जिनपिङबीच बेइजिङमा मार्च अन्त्यतिर हुने तय भएको भेटघाटअघि नै चीनले केही कदम चाल्ने अपेक्षा रहेको बताए । ‘भेटघाट हुन अझै दुई हप्ता बाँकी छ, त्यो लामो समय हो,’ उनले भने।
उनले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने संकेत पनि गरे, तर यसबारे थप स्पष्ट विवरण भने दिएनन् ।

युरोपेली सहयोगीहरूको भूमिकाबारे बोल्दै ट्रम्पले होर्मुज जलडमरूमध्यबाट फाइदा लिने देशहरूले यसलाई पुन: सञ्चालनमा ल्याउन सहयोग गर्नु ‘उचित’ हुने बताए । युरोप र चीन दुवै खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहने ट्रम्पले स्मरण गराए ।

ट्रम्पले यदि अन्य देशहरूबाट कुनै प्रतिक्रिया नआएमा यसले नेटोको भविष्यलाई असर गर्न सक्ने चेतावनी दिए । साथै उनले अमेरिका आफ्ना युरोपेली सहयोगीहरूप्रति ‘धेरै नरम’ रहेको टिप्पणी पनि गरे।