२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इनिशा विक हत्याकाण्डका दोषीलाई कडा कारवाहीको माग गर्दै काँकरभिट्टामा प्रदर्शन

अ+ अ-

काठमाडौँ। सुर्खेतकी इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा संलग्न व्यक्तिलाई कडा कानुनी कारवाही गर्न माग गर्दै झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ।

प्रगतिशील युवा क्लब धुलाबारीको पहलमा आयोजित विरोध कार्यक्रम अन्तर्गत काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट र्‍याली सुरु गरिएको थियो। उक्त र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेपछि पूर्वी नाकामा पुगेर खबरदारी सभामा परिणत भएको थियो।

कार्यक्रममा मेचीनगर नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, मानवअधिकार क्षेत्रका प्रतिनिधि, विभिन्न संघ-संस्थाका सदस्य र सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको बताइएको छ। सहभागीहरूले दोषीलाई कठोर कारबाही गर्नुपर्ने, हिंसा अन्त्य गर्नुपर्ने र महिलामाथिको असुरक्षाविरुद्ध आवाज उठाउने आशयका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

खबरदारी सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मी राधा प्रधान र पूजा सापकोटा तथा मानव अधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरे।