२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंगापुरमा भिसा दुरुपयोग गरी काम गरिरहेका ११ नेपाली नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । सिंगापुर मा पर्यटक भिसाको दुरुपयोग गर्दै श्रम गतिविधिमा संलग्न ११ जना नेपाली नागरिकलाई त्यहाँका सम्बन्धित निकायले नियन्त्रणमा लिएका छन्।

स्थानीय जनशक्ति व्यवस्थापनसम्बन्धी निकायले मार्च १० मा सञ्चालन गरेको अनुगमनका क्रममा उनीहरू पक्राउ परेका हुन्। अध्यागमन स्रोतले सार्वजनिक गरेको विवरणअनुसार नियन्त्रणमा परेका व्यक्तिहरू २१ देखि ४३ वर्ष उमेर समूहका छन्।

उनीहरू पर्यटक भिसामा सिंगापुर पुगे पनि तोकिएको अवधि समाप्त भइसकेपछि समेत बसोबास गर्दै आएका थिए। साथै, त्यहाँको कानुनी प्रावधानअनुसार पर्यटक भिसामा श्रम गर्न नपाइने व्यवस्था विपरीत विभिन्न कम्पनीमा काम गरिरहेको अवस्था भेटिएको जनाइएको छ।

प्रारम्भिक आकलनअनुसार उनीहरूलाई रोजगारीको प्रलोभन देखाएर दलालमार्फत सिंगापुर पुर्‍याइएको हुनसक्ने संकेत गरिएको छ।

सिंगापुरको विद्यमान कानुनअनुसार अनुमति विना श्रम गतिविधिमा संलग्न विदेशी नागरिकलाई अधिकतम ६ महिनासम्म कैद सजाय तथा ६ हजार डलरसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। यसका साथै, अवैध रूपमा कामदार राख्ने कम्पनीका सञ्चालकहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

सिंगापुरले नेपाली नागरिकलाई आगमनमै भिसा सुविधा उपलब्ध गराउँदै आएको भए पनि यस्ता गतिविधि निरन्तर बढेमा उक्त सुविधा पुनरावलोकनमा पर्न सक्ने सम्भावना औँल्याइएको छ।