२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लालीबजार’ मा फरक भूमिकामा छु: अभिनेत्री खड्का

अ+ अ-

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताएकी छन् ।

उक्त चलचित्रको सावजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि पत्रकारसँग कुराकानी गर्दै अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने समूह षट्कोण आर्टसप्रतिको विश्वास र चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’ मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताए।

अभिनेत्री खड्काले भनिन् “लालीबजार चलचित्रमा मैले अभिनेत्रीका रूपमा सोच्ने सबै काम गर्न पाएकी छु । यो विषयवस्तु मेरो लागि पनि नयाँ र फरक थियो । एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाका बारेमा बिस्तारै खुल्दै गएपछि दर्शकले बुझ्नुहुन्छ । मैले हालसम्म गरेको कामभन्दा भिन्न छ ।”

उनले चलचित्रमा यौन पेसाकर्मी महिलाको भूमिका निर्वाह गरेकी छन्। आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, नवअभिनेता विशाल देवकोटाले अभिनय गरेका छन् ।

चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। उक्त चलचित्रलाई दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरेका हुन् ।