काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले दिएको राजीनामासम्बन्धी प्रस्ताव अस्वीकृत गर्ने विषय केन्द्रीय कार्यसमितिमा औपचारिक रूपमा पेस गरिएको छ।
शुक्रबार बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गर्दै प्रतिनिधि सभा निर्वाचनसम्बन्धी प्रारम्भिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गरेका थिए। सो प्रतिवेदनमा सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने बुँदा समेटिएको जनाइएको छ।
उक्त प्रस्ताव बैठकमा छलफलका लागि पेस भएसँगै पार्टीभित्रको आगामी निर्णय प्रक्रिया यस विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।






