२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव सिग्देल र डिजी बोहरासँग आजित इङ्नाम: जाँदाजाँदै भने- ‘अहिले घुस खानुस्, पछि तालुमा हात राख्ने दिन आउला’

अ+ अ-

“जब मन्त्री नै ‘हारेँ’ भन्छन्के -कर्मचारीतन्त्रले राज्य चलाइरहेको छ ?”

काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र विभागीय महानिर्देशक रवीन्द्र बोहराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्री प्रा. डा. कुमार इङ्नामले बिदाइ समारोहमै कर्मचारीतन्त्रमाथि कडा प्रहार गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले उच्च कर्मचारी तथा निकाय प्रमुखहरूलाई गरेको सम्बोधनका क्रममा सचिव र महानिर्देशकको खुलेरै विरोध गरेका हुन् ।

सामान्यतया बिदाइ कार्यक्रममा उपलब्धि र सहकार्यको चर्चा हुने चलन रहे पनि इङ्नामको बिदाइ भने असामान्य रह्यो । यद्यपि मन्त्री इङ्नामले छलफलका लागि सबै कर्मचारी बोलाउन भनेपनि सचिव सिग्देलकै संकेतमा कर्मचारीहरु फूलमाला र उपहारसहित हलमा उपस्थित भएको देखेपछि उनी एकछिन आफैँ चकित भएका थिए । आफूले छलफलका लागि बोलाएको अवस्थामा नै बिदाइको तयारी गरिएको देखेपछि अचम्भित बनेका उनले जाँदाजाँदै शहरीको फेहरिस्त नै पोखेका थिए ।

उनको मुख्य असन्तुष्टि संघीय संसद् भवन निर्माणसँग सम्बन्धित थियो । पटक–पटक अनुगमन, निर्देशन र दबाब दिँदा पनि काम अघि नबढेको उनले बताए ।

“संसद् भवन किन समयमा बन्दैन? किन समय थपेको थप्यै गरिन्छ? कर्मचारीहरू किन अटेरी गर्छन्?” उनले भने, “जति भन्दा पनि नमानेपछि मैले डीजीलाई सरुवा गर्न खोज्दा सचिवज्यूले मान्नुभएन, उल्टै पछि मन्त्रीले ३ करोड घुस खाएर सरुवा गर्न लागेको भनेर हल्ला फिँजाइयो ।”

मन्त्री इङ्नामका अनुसार, निर्माण सम्झौताअनुसार ठेकेदारमाथि दैनिक जरिवाना लगाउन सकिने व्यवस्था भए पनि त्यसको प्रभावकारी प्रयोग हुन सकेन । कामको गति बढाउन उनले नियमित अनुगमन, प्रगति विवरण माग्ने र कामदार संख्या बढाउन निर्देशन दिएका थिए । तर कार्यान्वयनमा कमजोरी देखिएको उनले संकेत गरे ।

महानिर्देशक बोहराको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले नेतृत्व परिवर्तन गर्न खोजेको बताए । “काम हुनुपर्‍यो भनेर भनेको हो, मेरो लागि होइन,” उनले भने, “पर्फर्मेन्स जिरो छ भने किन राख्ने? सिनियर मान्छे राख्नुस् भनेको हो, तर मान्नुभएन ।”

उनले सिनियारिटीलाई बेवास्ता गर्दै गरिएको नियुक्ति र भित्री ‘सेटिङ’ ले निर्णय कार्यान्वयन प्रभावित भएको धारणा राखे । वरिष्ठ सहसचिवहरूलाई पन्छ्याउँदै नवौँ वरियताका बोहरालाई महानिर्देशक बनाइएको र त्यसपछि काम झन् सुस्त भएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन् ।

सचिव सिग्देलकै सेटिङमा आठ-आठ जना सहसचिवलाई पन्छ्याउँदै नवौँ वरियताका बोहरालाई महानिर्देशक बनाइएको थियो । कुनै बेला लोडसेडिङ हटाएर वाहवाही कमाएका र त्यसैको उपहार स्वरूप पछिल्लो जेन जेड आन्दोलनको जगमा बनेको नागरिक सरकारमा सम्भवत: इतिहासमै पहिलो पटक मुलुकको आधा बजेट चलाउने तीन-तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला कुलमान घिसिङले शहरी विकास मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेसँगै प्रदेश सरुवा गरिएका बोहरा रातारात भवन विभागको महानिर्देशक बनाई पठाइएका थिए ।

सार्वजनिक प्रशासनमा बेथिति र विकृतिहरू भित्र्याउनेसँगै ‘डिपीआर’ र ‘सेटिङ’का मास्टर माइन्ड मानिने तत्कालीन सचिव रमेश सिंहकै स्कुलिङमा शहरीमा रजगज चलाउँदै आएका बोहरालाई विभाग पठाउने सबै चाँजोपाँजो यिनै सचिव सिग्देलले कुलमानसँग फिट गरेको मन्त्रालय उच्च स्रोतले त्यही समयमा जानकारी गराएको थियो । तर, कुलमानको आवरणमा निजामतीको वरियतै यसरी ओझेलमा पारियो कि आधा दर्जन बढी वरिष्ठहरूलाई पन्छ्याएर महानिर्देशक बने । र, पछिल्लो समय इमान्दार छवि बनाएका र सुधारको थालनी गरेको मन्त्री इङ्नाम नै आजित बने ।

यतिसम्म कि सम्बोधनको सुरुवातमै इङ्नामले आफूलाई “इतिहासकै असफल र नालायक मन्त्री” भन्दै आत्मालोचना गरे ।
“मैले केही पनि काम गर्न सकिनँ, मलाई त कालोमोसो दलेर निकाले पनि हुन्थ्यो,” उनले भने, “तीन वर्षअघि बजेट गएको आफ्नै विद्यालयको रकम समेत निकासा गराउन नसक्ने म कति नालायक मन्त्री रहेछु भन्ने लागेको छ ।”

मन्त्री इङ्नामले शहरी विकास मन्त्रालयलाई अत्यधिक भ्रष्टाचार हुने मन्त्रालयका रूपमा चित्रण गरे ।
“पहिला मलाई भूमि मन्त्रालय धेरै घुसिया लाग्थ्यो,” उनले भने, “तर यहाँ (शहरी) त प्राविधिक कुरामा खेलोफड्को गर्दा झन् सजिलो रहेछ ।”

उनका अनुसार, ठेकेदारसँगको मिलेमतोदेखि कमिसन प्रतिशत र आर्थिक वर्षको अन्त्यतिर झोला बोकेर हिँड्ने प्रवृत्ति मन्त्रालयमा मौलाएको छ । “कसले कति पैसा ल्यायो, कहाँ राख्यो-त्यही हेर्ने काम हुँदो रहेछ,” उनले भने ।

उनले भेरिएसन र पेनाल्टी व्यवस्थालाई अनियमितताको माध्यमका रूपमा प्रयोग गरिएको संकेत गरे ।

देशको प्रमुख प्रशासनिक केन्द्रमा बन्दै गरेको संसद् भवन नै समयमा नसकिएको विषयमा चौतर्फी आलोचना भइरहेको छ । आधा दर्जन पटक म्याद थप्दा पनि नसकिएको मात्रै होइन, उल्टै करोडौँ रुपैयाँ भेरिएसन थपेको विषयमा थप आशंका बढ्दै आएको छ ।

विशेष गरी भवन निर्माणमा अस्वाभाविक लागत मात्रै होइन, भेरिएसनका नाममा कर्मचारी–ठेकेदार सेटिङ पुरानै धन्दा भएको चर्चा सिंहदरबारको ओपन सेक्रेट जस्तै हो, तर पनि तैँ चुप मै चुपको अवस्था छ ।

त्यस्तै, अर्थ मन्त्रालयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। “अर्थ मन्त्रालयको धेरै दादागिरी चल्दो रहेछ,” उनले भने, “मन्त्रीको भिजन कार्यान्वयन हुनै दिँदैन ।”

कार्यक्रमको अन्त्यतिर उनले आफूलाई असफल ठहर गर्दै कर्मचारीतर्फ लक्षित गर्दै कडा सन्देश दिए ।
“ल म हारेँ, तपाईंहरूले जित्नुभयो । तपाईंहरू खुसी मनाउनुस्, भोज खानुस्,” उनले भने, “तर कुनै दिन तपाईंहरूले गरेको यो कुकर्म जीवनकै सबैभन्दा पीडादायी क्षण बन्न सक्छ ।”

त्यसअघि नै उनले चेतावनी दिए- “अहिले ढुक्क भएर खानुस्, केही हुँदैन जस्तो लाग्छ, तर पछि तालुमा हात राख्ने दिन आउला ।”

मन्त्री इङ्नामले मन्त्रालय सम्हाल्दा ठूलो उत्साह भए पनि काम गर्ने वातावरण, कर्मचारीतन्त्रको कार्यशैली र निर्णय कार्यान्वयनको कमजोरीले आफूलाई असफल बनाएको निष्कर्ष सुनाएका छन् ।

उनका अभिव्यक्तिले शहरी विकास मन्त्रालयभित्रको कार्यसंस्कृति, निर्णय प्रक्रिया र विकास निर्माणको ढाँचामाथि गम्भीर प्रश्न उठाएको छ ।