काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकास रुम्बालाई शुक्रबार पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई आज बालाजुबाट पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।
पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ।







