काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिव अधिकारी र तीन महानिर्देशकसहित २१ कर्मचारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।
आयोगले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसहित २१ कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।







