काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्ने एजेन्डासहित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा चैत १२ गते दिउँसो ४ बजे बैठक बस्ने तय गरिएको प्रवक्ताले जानकारी दिएका छन्। पार्टीका सबै सम्बन्धित पदाधिकारीलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
पार्टी कार्यालय वनस्थलीमा बस्ने उक्त बैठकमा संसदीय दलको नेतृत्व चयन मुख्य कार्यसूचीका रूपमा समावेश गरिएको छ। सोही दिन संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम रहेको र त्यसपछि पार्टी बैठक बस्ने व्यवस्था गरिएको जनाइएको छ।
यसैबीच, पार्टीका वरिष्ठ नेता बालेन्द्र साह चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी रहेको उल्लेख गरिएको छ।







